|

जाजरकोट : जाजरकोटको जुनिचाँदे गाउँपालिका-६ छिर्कमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बिहीबार राति ११ बजेतिर घरमा सुतिरहेको बेला पहिरो गएर घर भत्‍किँदा दुईजनाको मृत्यु भएको स्थानीय मोतीलाल शाहीले जानकारी दिए। मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका-६ का ललित बुढा, सिर्जना बुढा रहेका छन्। उता जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले गर्खाकोटबाट टोली पठाएको र हाल उद्धार कार्य भइरहेको बताए।

प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आधिकारिक जानकारी नआएकोले हाल जिल्ला प्रहरी कार्यालयलाई उद्धारको लागि तत्काल घटनास्थलमा पुगी जानकारी दिन अनुरोध गरिएको बताए। उता मृतकका आफन्तले गर्खाकोट स्वास्थ्य चौखीमा पोस्टमाटम नहुने भएकाले लास बोकेर जिल्ला सदरमुकाम खलंगा पुर्‍याउन कठिनाइ हुने भएकाले गोर्खाकोट स्वास्थ्यमा डक्टर पठाउन अनुरोध गरिएको जिल्ला युवा संघ नेपाल जाजरकोटका सचिव जयबहादुर बस्नेतले  बताए।

उता राष्टिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ कर्णाली प्रदेशसभा सदस्य करवीर शाही सदस्य कौशिलावती खत्रीले एकैघरका दुईजना पहिरोमा परी भएको निधनप्रति दुख व्यक्त गरे। साथै मृतकलाई राहत र घाइतेहरुलाई उपचारका लागि विशेष पहल गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.