|

विश्वकप फुटबलपछि अहिले विश्व फुटबल ट्रान्सफरको ज्वरोमा प्रवेश गरेको छ। स्टार खेलाडीहरूलाई क्लबले महँगो मूल्यमा खरिद बिक्री गरिरहँदा गोलरक्षकका रूपमा ब्राजिलियन एलिसन बेकरले ऐतिहासिक रेकर्ड बनाउँदै विश्वकै महँगा गोलकिपर बन्दै लिभरपुल भित्रिएका छन्। लिभरपुलको विश्वासमा के खरो उत्रेलान् एलिसन?

लिभरपुल अक्सर राम्रा खेलाडी उत्पादन र बिक्रीमा माहिर मानिन्छ तर योपटक लिभरपुल प्रिमियर लिग नजितेको वर्षौं पुरानो इतिहासको अन्त गर्ने मनस्थितिमा छ। मोहमद सलाहदेखि ड्यानील स्टुरेज तथा केही समयअघि मात्र स्विटजरल्यान्डबाट उसले जर्दान साकिरीलाई क्लबमा भित्राउँदै योपटक आफूलाई दाबेदार बनाएको छ। अब उसले आत्मविश्वासी गोलरक्षक पाएसँगै लिभरपुल प्रिमियर लिगमा नम्बर एकको लाइनमा उक्लिएको छ। बाँकी मैदानको प्रदर्शन निर्णायक हुनेछ।

२५ वर्षीय एलिसन ६६.८ मिलियन पाउण्डमा इटालियन क्लब रोमाबाट लिभरपुलमा अनुबन्धित भएसँगै गोलरक्षकहरूको पनि आत्मविश्वास ह्वातै बढेको छ। एलिसनले बिहीबार राति लिभरपुलसँग ६ वर्षे लामो सम्झौता गरे त्यो पनि कीर्तिमानी मूल्यमा। एलिसनको लागि लिभरपुलले तिरेको यो रकम गोलकिपरका लागि अहिलेसम्मकै ठूलो रकम हो। यसअघि सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुइजी बुफोनका लागि पामालाई ५३ मिलियन युरो तिरेको थियो।

कीर्तिमानी मूल्यमा लिभरपुल आएपछि एलिसनले आफ्नो सपना साकार भएको भन्दै क्लबको विश्वासमा आफू खरो उत्रने बताएका छन्। अब एलिसनले लिभरपुल लोरिस कारिसको स्थान लिनेछन्। एलिसनले भर्खरै रुसी विश्वकपमा ब्राजिली पोस्टको जिम्मेवारी सम्हालेका थिए। २५ वर्षीया एलिसन दुई वर्षअघि मात्र रोमासँग जोडिएका थिए। उनले गत सिजन ३७ सिरी ए खेल खेलेका थिए। जहाँ उनको उत्कृष्ट प्रदर्शन रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.