|

काठमाडौं : नक्कली एक किलो सुनसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक धैवुङ्ग ३ का राज लामा, नुवाकोट दुप्चेश्वरी ४ बेतिनिका म्लाङसिंह लामा र सोलुखुम्बुका टासी लाक्पा शेर्पा रहेका छन्। उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकुले विशेष सूचनाको आधारमा बिहीबार काठमाडौंको चुच्चेपाटीबाट पक्राउ परेको हो।

उनीहरू एककिलो नक्कली सुन बोकेर ग्राहक खोज्ने क्रममा पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए। पक्राउ परेका राज लामा विगतमा यसअघि पनि विभिन्न ठगी मुद्धामा पक्राउ परेका थापाले बताए। त्यस्तै, टासी लाक्पा यसअघि ज्यान मुद्धामा १० वर्ष जेल जीवन भुक्तान गरेका व्यक्ति भएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.