|

काठमाडौं : फिल्म 'ब्ल्याक' को नयाँ गीत रिलिज भएको छ। शुक्रबार युट्युबमार्फत फिल्ममा समावेस 'तिम्रो लागि' बोलको रोमान्टिक गीत रिलिज गरिएको हो।

सार्वजनिक उक्त गीतमा महेश खड्काको संगीत रहेको छ। डा. कृष्णहरी बरालको शब्द समावेश गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ। रामजी लामिछानेको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार आकाश श्रेष्ठ र आँचल शर्मा फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिँचिएको भिडियोमा आकाश र आँचललाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म 'ब्ल्याक' लाई प्रदीप श्रेष्ठले निर्देशन गरेका छन्। फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री,धीरेन शाक्य र प्रिया रिजालको मुख्य भूमिका छ। आश्मा फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा आश्मा पाण्डेको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन्।

फिल्ममा मौनता श्रेष्ठको लेखन, महेश खड्का र प्रतीक पौडेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ। रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जीसीले सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.