|

काठमाडौं : मुक्तिश्री ग्रुपका अध्यक्ष अजेयराज सुमार्गीले थाहा मिडिया ग्रुप निष्पक्ष रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

थाहा मिडिया ग्रुपको ११औँ वर्ष प्रवेशका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष सुमार्गीले थाहाखबरकर्मी अरूभन्दा निष्पक्ष र तटस्थ हुनुपर्ने बताए। उनले भने, 'थाहा मिडिया अहिलेसम्म निष्पक्ष र तटस्थ रहँदै आएको छ। यसलाई निरन्तरता दिन म आग्रह गर्दछु।'  

कार्यक्रममा थाहा मिडिया ग्रुपकी अध्यक्ष अस्मिता सुमार्गीले व्यवस्थापन र पत्रकार/कर्मचारीबीचको विश्वास र भरोसायोग्य सम्बन्धका कारण थाहा मिडिया ग्रुप थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

थाहाखबर डट कमका प्रधानसम्पादक तीर्थ कोइरालाले थाहाखबरका सामग्रीलाई अझै परिस्कृत गर्दै लैजाने अठोट व्यक्त गरे।

कार्यक्रममा रेडियो थाहासंचार तथा थाहाखबर डट कममा उत्कृष्ट काम गर्ने दुई-दुई जना पत्रकारलाई पुरस्कृत गरिएको थियो। पुरस्कृत हुनेमा रेडियो थाहासंचार नेटवर्क प्रालिका नरेन्द्र सापकोटा र सन्चु ब्लोन छन्। त्यस्तै, थाहाखबर डटकममा उत्कृष्ट काम गरेवापत जयसिंह महरा र किशोर गौतमलाई पुरष्कृत गरियो।  

उत्कृष्ट पत्रकार/कर्मचारी पुरस्कारको राशि जनही १० हजार रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.