|

डडेल्धुरा : २१ दिनयतादेखि अनसनरत डा. गोविन्द केसीका समर्थक र स्वास्थ्यकर्मीमाथि सरकारको दमन र धरपकडप्रति नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका डा. केसीलाई बिहीबार काठमाडौं लैजान क्रममा भएको दमन र धरपकडप्रति नागरिक समाज डडेल्धराले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। नागरिक समाजले शुक्रबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।

आफ्ना माग सम्बोधन गराउन शान्तिपूर्ण सत्यग्रहमा बसेको बेला सरकारले संवाद तथा वार्तामार्फत डा. केसीका माग सम्बोधन गरी सहज निकास निकाल्नुको सट्टा मानवअधिकार र नागरिक अधिकारको घोर उलङ्घन गर्दै प्रहरी तथा सेनाद्वारा सेवा प्रदायक संस्थाभित्र दमन र अपहरण शैलीमा धरपकड गरिएका क्रियाकलापप्रति नागरिक समाजले आपत्ति जनाएको छ।

प्रधामन्त्रीलाई बझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘सरकार जनताको सेवक हुनु पर्ने ठाँउमा दमनकारी भएर एक सामाजिक अभियान्ता र उनका समर्थकहरूप्रतिको जुन क्रुरुर व्यवहार देखाएको छ। यो मानव अधिकारको उलङ्घन र नागरिक स्वतन्त्रतामाथिको प्रहारको रूपमा लिन सकिन्छ।’

मेडिकल माफियाविरुद्घको अभियान र नेपाली जनतालाई सहज स्वास्थ्य सेवामा पहुँचको लागि अनवरत रूपमा क्रियासिल रहेका डा. केसीको माग र माथेमा आयोगको प्रतिवेदनका आधारमा विधेयक ल्याई स्वास्थ्य सेवमा देखिरहेको विकृतिलाई हटाई सहज वातावरण बनाउन र नागरिक स्वतन्त्रता कायम गरि मानव अधिकारको रक्षा गर्नका साथै अनसनरत डा. केसीको जीवनरक्षाको लागि नेपाल नागरिक समाज डडेल्धुराका सचिव रमेशप्रसाद जोशीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमार्फत सरकारसँग जोडदार माग गरेको छ।

साथै उसले धरपकडमा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै धरपकड र ज्यादतिमा संलग्न दाषीहरूलाई कारबाहीको मागसमेत गरेका छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.