|

काठमाडौं : फिल्म ‘शुभ लभ’ निर्माण हुने भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। बुद्ध इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा प्रदीप कुमार उदयको प्रस्तुति रहने छ। फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहने छ।

सन्तोष बाबु लोहनीले निर्देशन गर्ने यस फिल्मबाट ज्योतिषी हरिहर अधिकारी, कृष्टिन पौडेल र डा. सूर्य थापाले डेब्यु गर्दैछन्। फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदीप बास्तोला लगायतको मुख्य भूमिका रहने छ।

ज्योतिषी हरिहरकै कथा समावेश फिल्ममा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, रोशन भट्टराईको द्वन्द्व रहने छ। अभिमन्यु निरवीको पटकथा समावेश फिल्मलाई रामेश्वर कार्कीको छायाँकन रहने छ। भादौ १५ गतेबाट फ्लोरमा जाने फिल्मको प्रदर्शन मिति चैत १५ गतेलाई तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.