|
प्रतीकात्मक फोटो

हुम्ला : खेतबारीमा छरपष्ट पारिएको विद्युतको तारबाट करेट लागेर सिमकोट गाउँपालिका २ कि जसी भण्डारीको ज्यान गएको छ। हिल्दुम साना जलविद्युत आयोजनाले सिमकोट-१ मा पर्ने दोजाम गाउँको लागि तानिएको बिजुली लाइनको तार ठेहे गाउँको बुकाखोला भन्ने ठाउँमा सर्ट भएपछि खेतबारीमा गोड्दै गर्दा ४५ वर्षीया भण्डारीको ज्यान गएको हो।

मृत्यक भण्डारीलाई चप्पलले छुटाउन जाँदा ३० वर्षीया कलदरी भण्डारी र सोही वडाकी बाँचपुरी बोहरासमेत गम्भीर घाइते भएको ठेहेबाट स्थानीय विष्णु बोहराले जनकारी दिए। 

सदरमुकाम सिमकोटदेखि सात कोष टाटा रहेको साविकका सात गाविसमा प्रसारण लाइन वितरण गरेको ५०० वाडको आयोजनाले वितरण गरेको लाइनका छरिएका तारबाट खेतबारीमा गोडमेल गर्दै गरेको भण्डारीलार्इ करेन्ट लागेको थियो। तारमा टाँसिएकी भण्डारीलाई बचाउन खोज्दा कलदरी  भण्डारी र बाँचपुरी बोहरा घाइते भएकी हुन्।

मृत्यक भण्डारीको पोष्मार्टको लागि भोलि सदरमुकाम सिमकोट जिल्ला अष्पतालमा ल्याउने तयारी भएको जिल्ला प्रहरी नायव उपरीक्षक रवीन श्रेष्ठले बताए।  घाइतेको गाउँमै रहेको स्वास्थचौकीमा सामान्य उपचार भइरहेको र थप उपचारको लागि सिमकोटमा ल्याउने तयारी भइरेको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.