|

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ। सोलस्थित एक अदालतले शुक्रबार उनलाई यसअघि दिइएको सजायमा आठ वर्ष थपिएको हो। उनले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो।

यसअघि नै उनलाई २४ वर्षको जेल सजाय भएको थियो। उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिनामात्र २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डलर बराबरको जरीवनाको सजाय सुनाइएको थियो।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उनले अब ३२ वर्षको लामो जेल सजाय व्यहोर्नुपर्ने भएको छ। सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। त्यसयतादेखि नै उनी थुनामै रहँदै आएकी छन्।

उनले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उनलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलले गरेका थिए। पार्क ६६ वर्षकी छन्। उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति भएकी थिइन्। उनीमाथि राष्ट्रपति पद्मा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाअभियोग लगाएर बर्खास्त गरिएको थियो। दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उनी यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.