|
प्रतीकात्मक फोटो

तनहुँ : यहाँबाट एक लाख ४२ हजार रुपैयाँ नगदका साथ होटल सञ्चालकसहित पाँचजना जुवाडे पक्राउ परेका छन्। व्यास नगरपालिका–१२ घाँसीकुवास्थित रिसिङ भीमाद होटल एण्ड लजबाट शुक्रबार नगदसहित ती जुवाडे पक्राउ परेका हुन्।

तनहुँको व्यास–१२ घाँसीकुवामा रिसिङ होटल एण्ड लजका सञ्चालक ३५ वर्षीय सुनिल श्रेष्ठ, व्यास–११ का ३९ वर्षीय प्रेमबहादुर अधिकारी, व्यास १२ का ३६ वर्षीय प्रज्वल मल्ल, व्यास–४ का ३६ वर्षीय देवनारायण श्रेष्ठ र व्यास–४ कै ३२  वर्षीय गोविन रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

ठूलो परिमाणको नगदसहित धनमाल बाजी राखेर जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। उनका अनुसार होटलको खानतलासी गर्दा कोठाभित्र जुवातास खेलेको खालमा भिस्टिङ उठाउने डब्बामा राखेको २६ हजार, जुवा खालबाट एका लाख १६ हजार गरी जम्मा एक लाख ४२ हजार रुपैयाँ नगद बरामद गरिएको छ।

उनीहरूलाई शुक्रबारै तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको मल्लले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.