|

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले विकास र समृद्धिलाई अवरोध गर्नु प्रजातन्त्रमा राम्राे नभएको बताए। राजधानीमा आयोजित नेत्रहीन संघको रजत महोत्सव र पर्यटन व्यवसायीहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

अध्यक्षले नकारात्मक ढंगबाट राजनीति गर्नेहरूलाई निरुत्साही गर्ने, स्थिरता र समृद्धिको वातावरण बनाउनेतिर पार्टी र सरकार केन्द्रित भएको बताए। अध्यक्ष प्रचण्डले भने,‘अनावश्यक ढंगले वातावरण नबिग्रियोस् भन्नेतिर हामी लागेका छौं। कसैको माग र जिद्धिका अगाडि राज्य झुक्न हुँदैन। जिद्धि कसेर यही हुनुपर्छ भन्नु प्रजातन्त्रकाे प्रकृति होइन।’

अध्यक्षले अराजकता र अस्थिरतामा रमाउने एउटा वर्गलाई यो राजनीतिक स्थिरता मन नपरेको बताए।अस्थिरता र अराजकतामा रमाउनेहरू र अस्थिरता र अराजकताबाट ब्रम्हलुट मच्चाएर करोडौं, अर्बौ कुम्ल्याउनेहरू अहिले त्यति खुसी छैनन्,’ उनले भने, 'देशमा भर्खरै ७० वर्ष लामो राजनीतिक अराजकता र अस्थिरतालाई तोड्दै एउटा स्थिर सरकार बनेको छ।

अस्थिरता र अराजकतमा रमाउन पल्केका त्यस्ता तत्वहरू अहिले पनि स्थिरता नहोस् भनेर कुनै न कुनै रुपमा वातावरण धमिल्याउने तिर लागेका  छन्।' उनले भने, ‘उचित कुरालाई सम्बोधन गर्दै उचित ढंगले त्यस्ता तत्वहरूलाई प्रतिवाद गर्दै अगाडि बढ्नुपर्छ।’अध्यक्षले अगाडि भने, ‘हामीले समावेशी र सबैको समानुपातिक समृद्ध नयाँ नेपालको निर्माण गर्ने संकल्प गरेका छौं। विस्तारै संविधानमा व्यक्त गरिएका विचार र भावनाअनुसार ऐन र आयोग बनाउने प्रक्रियामा  छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.