समाज

मध्य भोटेकोसीको ठेक्का स्थगित
SHARES

साउन ४, २०७५

    सिन्धुपाल्चोक : निर्माणधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको ठेक्का सुरक्षा चुनौती देखाउँदै स्थगित भएको छ। शुक्रबार दिउँसो ठेक्काको फर्म दर्ता हुने समय आएपछि ठेक्का लिनलाई बल प्रयोग हुने संकेत देखिएपछि अर्को सूचना प्रकाशित नहुनेगरी आयोजनाले ठेक्का स्थगित गरेको हो।

    आयोजनाका प्रमुख डा. सुनिलकुमार लामाले शुक्रबार दिउँसो जारी गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थागित भएको जनाएको छ। फर्म दर्ता र वितरण प्रक्रियामा नियमावली अनुसार नभएको भन्दै ठेक्का स्थगित गर्न निर्देशन दिएका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

    तीन प्याकेजमा चार करोडको टेन्डर आह्वान गरेको थियो। ठेकेदारहरूको सामान्य विवाद र पूर्ण रूपमा नियमावली नमिलेको कारणले ठेक्का स्थगित गरेको प्रजिअ तामाङको भनाई छ।

    मध्य भोटेकोसी जलविद्युत आयोजना (१०२ मेवा ) ले टेन्डर आह्वान गरेको थियो। असार ६ गते उक्त आयोजनाले भोटेकोसी गाउँपालिका-५ (साविकको मार्मिङ गाविस)  को चाकुमा एउटा विद्यालय, स्वास्थचौकी भवन र कृषि कार्यालय र क्याम्प वरिपरि बाल लगाउन करिब चार करोड बराबरको टेन्डर आह्वान गरेको थियो।

    आयोजना प्रभावितहरू भने उक्त टेन्डरको काम आफूहरूले गर्न पाउनु पर्ने माग राखेका थिए। टेन्डर हाता पार्न  बिहीबार दिउँसो देखिनै बाह्रबिसे बजार र आयोजनाको परिसर वरिपरि व्यापक जनशक्ति परिचालन भएको स्रोतको दावी छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]