|

काठमाडौं : सरकारले संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा रहने कर्मचारीको स्थायी दरबन्दी टुंगो लगाएसँगै तत्काल २१ हजार नयाँ कर्मचारी आवश्यक पर्ने देखिएको छ।

हाललाई निजामतीतर्फ ८६ हजार र स्थानीय तहतर्फ १७ हजार गरी एक लाख तीन हजार कर्मचारी कार्यरत छन्। तर, सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख २४ हजार २५७ कर्मचारी आवश्यक पर्ने गरी नयाँ संगठन संरचना स्वीकृत गरेको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

सरकारले साउन तेस्रो सातादेखि तीन तहमा कर्मचरी समायोजन प्रक्रिया थालिने जानकारी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार हाल रहेका निजामतीका ८६ हजार र स्थानीय तहका १६ हजार कर्मचारीलाई स्थानीय तह, प्रदेश र संघमा समायोजन गरेपछि अपुग कर्मचरी पदपूर्ति लोकसेवा आयोगद्वारा गरिनिे जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.