|
फाइल फोटो

काठमाडौं : सरकारले अनशनरत डा.गोविन्द केसीसँग सिधै वार्ता गर्ने भएको छ। यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष रूपमा केसीसँग वार्ता गर्ने निष्कर्षमा पुगेको नयाँ पत्रिका दैनिकले लेखेको छ।

बिचका व्यक्ति वार्तामा बस्दा समस्या समाधानभन्दा समस्या भएको ठहर गर्दै सरकार आफैँ वार्तामा बस्ने निष्कर्षमा पुगेको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सरकारले सिधै केसीसँग वार्ता गर्न वातावरण बनाइरहेको बताए। केसीसँग वार्ता गर्दा सरकारको वर्तमान वार्ता टोली पनि हुनेछैन।

केसीले मन्त्रिस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने अडान राखेकाले सरकार यही तयारीमा लागेको हो।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.