|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आत्महत्यको घटना बढ्दै गएको छ। प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ९२ जनाले आत्महत्या गरेका छन्। जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने रहेका प्रहरीले जनाएको छ। 

यस्तै जिल्लामा लागु पदार्थ दुर्व्यसनीको अवस्था विकराल भएको तथ्यांक सार्वजनिक भएको छ। जिल्लामा पछिल्लो समय लागु पदार्थ दुर्व्यसनी र आत्मा हत्या गर्नेको संख्या विकराल बन्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक वर्षमा ४६३ जना लागु औषध सेवनकर्ता युवालाई नियन्त्रणमा लिई मनोवैज्ञानिक परामर्श दिएको छ। यस्तै, गत आर्थिक वर्षमा ४३ ग्राम ब्राउन सुगर र ५८.५ किलो ग्राम चरेश बरामद गरेको छ भने लागु औषधसम्बन्धी ३५ वटा मुद्दा दर्ता गरी ४६ जनलाई पक्राउ गरेको छ।
  
गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा महिला हिंसाका ४५९ वटा मुद्दा दर्ता भएकोमा ३९९ मुद्दाको मिलापत्र भएको छ भने २४ वटा फर्स्याैट हुन बाँकी छ। ३६ वटा मुद्दा अन्य निकायमा पठाइएको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.