|

नवलपरासी : बर्दघाट सुस्तापूर्व मध्यविन्दु नगरपालिका-१० मा सवारी दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। शनिबार बिहान सवा ५ बजे अरुणखोलामा गुडिरहेको ना ५ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ना ५ ख ५७६३ नम्बरको बसमा सवार २४ जना घाइते भएका हुन्।

घाइते सबैलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था मध्यम रहेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.