|

लहान : सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनीस्थित एक जनामाथि शुक्रबार राति गोली प्रहार भएको छ। गोली लागेर घाइते भएका करिब ४५ वर्षीय प्रदीप यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

धनगढीको जिरो माइलबाट स ८ प ३१९१ नम्बरको मोटरसाइकलमा चढेर भोर्लेनीस्थित घर जाँदै गरेका यादवमाथि श्यामपुर गाउँदेखि उत्तर धनगढीमाई नगरको १० र १३ को सीमामा गोली प्रहरी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। चार\पाँच जनाको समूहमा लुकेर बसेका आक्रमणकारीले प्रहार गर्दा यादवको बायाँ हातमा गोली लागेको छ । 

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको भए पनि अनुसन्धानमा असर पर्ने भन्दै उनीहरुको नाम गोप्य राखेको छ । विराटनगरमा उपचाररत यादवलाई उद्धृत गर्दै गोली प्रहार गर्नेमध्ये दुई जनालाई चिनेको आफन्तले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.