|

पोर्चुगिज स्टार क्रिश्टियानो रोनाल्डोलाई बेचेपछि रियल म्याड्रिडले उनको स्थानमा कसलाई क्लबमा भित्र्याउला भनेर चासोका साथ हेरिएको थियो। धेरैले विश्वकै चर्चित स्टारहरूमध्ये कसैलाई अनुबन्धन गर्ला भन्ने थियो। तर, त्यो सम्भावनालाई कायमै राख्दै रियलले  ब्राजिलका युवा खेलाडी भिनिसस जुनियरलाई क्लबमा  अनुबन्ध गरेको छ। १८ वर्षीय फरवार्ड भिनिससलाई ६ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो।

रियलले शुक्रबार भिनिससँग सन् २०२५ सम्मको लागि सम्झौता गरेको छ। भिनिससलाई रियलले ब्राजिलियन क्लब फ्लामेन्गोबाट ३५ मिलियन पाउण्डमा भित्र्याएको हो। रियलले शुक्रबार नै भिनिससलाई सार्वजनिक गरेको छ। ब्राजिलको उमेर समूहबाट खेलिसकेका भिनिसस पछिल्लो पुस्तामध्यकै प्रतिभाशाली खेलाडी मानिन्छन्। उनले ब्राजिलियन टिमबाट यु–१५, यु–१७ र यु–२० टिमबाट खेलिसकेका छन्।

भिनिससले गत सिजन फ्लामेन्गोबाट ३७ खेल खेल्दै ७ गोल गरेका थिए। तर, उनले रोनाल्डोको स्थान लिनेमा भने धेरैले शंका व्‍यक्त गरेका छन्। त्यसैले रियलले रोनाल्डोको विकल्पबारे भने केही भनेको छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.