|

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागी बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ। नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्यामसायर हग्ससँग पहिलो अभ्यास खेल खेल्दै छ।

खेल नेपाली समय अनुसार साँझ करिव ५ बजेबाट सुरु हुनेछ। ५० ओभरको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ । यस्तै नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससंग खेल्नेछ। त्यस्तै २५ जुलाईमा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्ने छ। भने  अन्तिम अभ्यास खेलमा २६ जुलाइमा  मा इष्ट लन्डन शार्कसंग प्रतिष्पर्धा गर्नेछ। सबै अभ्यास खेल टि–२० फर्मयाटका हुने छन्। 

चार अभ्यासपछि नेपालले २९ जुलाईमा इंग्ल्यान्डको लर्ड्समा त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) सँग प्रतिष्पर्धा गर्ने छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.