|

लहान : सिरहामा ७९ जना कुष्ठरोगी भेटिएका छ। चेतना र अज्ञानताको कारणले उपचार गर्नुभन्दा पूर्व जन्मको पाप भन्दै दुव्र्यवहार गरिने क्रम नरोकिएकाले सिरहामा कुष्ठरोगीको संख्या हरेक वर्ष बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

धनगढीमाई नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विलटनारायण रायका अनुसार रोगको पहिचान भई औषधि सेवन गरिरहेका ४३ पुरुष र ३६ महिला गरी कुल ७९ जना कुष्ठरोगी रहेका छन्। कुष्ठरोग निवारण अभियानका क्रममा नगरपालिकाको फूलकहाकट्टी, हनुमाननगर, भवानीपुर र नयनपुरमा गरी छ जना 

शरीरमा रातो फुस्रो नचिलाउने दाग, अनुहार तथा कानको लोती बाक्लो हुने, नशा झमझमाउने, गिर्खा निस्किने भएमा कुष्ठ रोगको लक्षण हुन सक्ने राय बताए। समयमै जाँच गराई औषधि सेवन गरे रोगसँगै अपाङ््गता हुनबाट जोगिन सकिने उनको भनाइ छ।

माइक्रो ब्याक्टेरियम लेप्रे नामको किटाणुबाट सर्ने कुष्ठरोगीको संख्याको आधारमा झापा पहिलो, मोरङ दोस्रो, सुनसरी तेस्रो, सिरहा चौथो र सप्तरी पाँचौं जिल्ला रहेको कुष्ठ रोगीहरुका लागि कार्यरत संस्था नेपाल कुष्ठरोग संगति सिरहाले जनाएको छ।

रोगीको खोजी 

सन् २०२० सम्म नेपाललाई कुष्ठरोग मुक्त बनाउने लक्ष्यअनुरुप प्रत्येक जिल्लामा घरदैलोमा खोजी अभियान सुरु गरिएको छ। 

जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संस्थाको संयोजनमा महिला स्वास्थ्य स्वयंसेविका र स्वयंसेवक परिचालन गरी कुष्ठरोगी खोजी गर्न घरदैलो अभियान चलाइएको हो। नेपालमा हरेक वर्ष तीन हजारका दरले कुष्ठरोगीको संख्या थपिंदै गएको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.