|

डोटी : एकै परिवारका चारै जनाले सेती नदीमा हामफालेर आत्महत्याको प्रयास गरेका छन्। आदर्श गाँउपालिका-४ बस्ने बमहादुर बोहराकी श्रीमती धौला बोहरा, १२ वर्षीया छोरी राधिका बोहर, ८ वर्षीया छोरा सुरेन्द्र र ६ वर्षीया छोरा सुनीलसहित सेती नदीमा हामफालेको आदर्श गाउँपालिका-४ का वडा अध्यक्ष नारायण पछेराले जानकारी दिए।  

हाम फालेकामध्ये ६ वर्षीय सुनिल बोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीनजना बेपत्ता छन्।

परिवारका चार सदस्यले सेती नदीमा सामूहिक रुपमा किन हाम फाले भन्ने विषयमा छानविन तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताए।

जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य गरी रहेको जनाएको छ। घटनास्थल डोटीको तलारा र बैतडीको ढुंगाड क्षेत्रमाको सीमाक्षेत्रमा पर्दछ।

शनिबार धौलीका श्रीमान् बमबहादुर बोहरासहितको टोलीलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको र उनको बयानपछि मात्र घटनाका बारेमा केही थप जानकारी खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.