|

काठमाडौं : भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म 'मिस्टर भर्जिन'को आइटम गीत रिलिज भएको छ। सार्वजनिक पैसा फेक बोलको गीतमा गीतमा शशि रावल र राजेन्द्र भट्ट (मिस्टर आर. जे.) को आवाज रहेको छ भने संगीत पनि गायक आर जेले नै भरेका छन्।

दीपकमान सिंहको करियोग्राफीमा तयार भएको भिडियोमा नायिका छुल्ठिम गुरुङले ठुम्का लगाएकी छिन्। भिडियोमा उनीसँगै गौरव पहरी, कमलमणि नेपाल र विजय बराललाई पनि फिचर गरिएको छ।

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको यस फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका छन्। फिल्ममा गौरव र कमलमणि र विजयसँगै मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बालगायतको मुख्य भूमिका रहेको छ। छुल्ठिमले भने यस फिल्ममा आइटम डान्स मात्र गर्नेछन्।

'वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रालि'को ब्यानरमा बनेको 'मिस्टर भर्जिन'मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतको लगानी रहेको छ। करिव एक करोड रुपैयाँको लागतमा निर्माण भएको यस फिल्ममा सन्दीप उप्रेती सहनिर्माता रहेका छन्।

फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहेको छ।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.