|

काठमाडौं : डाक्टर गोविन्द केसीको समर्थन र सरकारको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा झडप हुँदा अध्यक्ष जीतजंग बस्नेतसहित तीन दर्जन बढी घाइते भएका छन्।

शनिबार राजधानीको माइतीघरमण्डलाबाट नयाँ बानेश्वरतर्फ जाँदै गरेको तरुण दलको र्‍यालीलाई सुरक्षाकर्मीले बानेश्वर चोक रोकेपछि  झडप भएको हो। तरुण दलभन्दा अघि डाक्टर केसीको समर्थनमा सडकमा उत्रिएका विवेकशिल साझा पार्टी र नागरिक समाज तथा अधिकारकर्मीहरूले सभा गरिरहेको बेला पुगेको तरुण दलको विरोध जुलुशमा एकाएक प्रहरी पुगेपछि झडपको स्थिति श्रृजना भएको हो।

नागरिक समाजले मुख्य सडकमा सभा गरेपछि सडकको अर्को छेउबाट तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोकेको थियो।

झडपमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। प्रर्दशनकारीले पनि सुरक्षाकर्मीलाई लक्षित गरि ढुंङगा प्रहार गरेका थिए। प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेपछि केही समय नयाँ बानेश्वर वरपरको क्षेत्र तनाबग्रस्त बन्यो। सो क्रममा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित तीन दर्जन बढी घाइते भएका छन्। अहिले बानेश्वर वरपरको सुरक्षाव्यवस्था कडा बनाइएको छ भने उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.