|

काठमाडौं : कवि शम्भु अर्यालको कवितासंग्रह `सेतो सुनखानी' सार्वजनिक भएको छ। नेपाली साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व बैरागी काइँला, कवि डा. नवराज लम्साल, युवा समालोचक तथा प्राध्यापक महेश पौड्याललगायतले शनिबार संयुक्त रूपमा कविता संग्रहको सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बैरागी काइँलाले भाषामा परिपक्क देखाउने खुबी राखेर जीवन, समाज, दर्शनलाई परिभाषित गर्न सक्ने आँट राख्ने व्यक्तित्व नै असल कवि हुने बताए। कवि अर्यालले समाजमा विद्यमान राजनीतिक आर्थिक असमानताले आमनेपाली जनमानसले भोगेको समस्यालाई कवितामा जीवन्त रूपमा समेटेको साहित्यकार काइँलाले बताए।

४१ वटा गद्य कविता समावेश उक्त संग्रहबारे प्रकाश पार्दै समालोचक महेश पौड्यालले अर्यालका कविता फरक र नवीन शैलीका रहेको बताए। कवितामा हुने श्रुति माधुर्यताको सबल प्रयोग गरिएको पौड्यालको तर्क थियो।

समकालीन कविका कवितामा वर्णन, विवरण र बयान मात्रै रहने प्रवृत्ति बढेको भन्दै कवि तथा सञ्‍चारकर्मी डा. नवराज लम्सालले दुख व्‍यक्त गरे। उक्त कार्यक्रममा संग्रहमा रहेका केही कविता वाचन गरेर सुनाइएको थियो। यो पुस्तक शब्दहार क्रियसनले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.