|

पर्वत : पर्वतका दुई छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा दुई जनाको शव भेटिएको छ। जिल्लाको कुश्मा नगरपालिका २ खुरकोटका ६६ वर्षीय बलबहादुर नेपाली कुश्मा नगरपालिकाकै अर्मादीमा मृत अवस्थामा भेटिएका हुन्। यस्तै, मोदी गाउँपालिका ६ तिलहारकी ६८ वर्षीया धनकुमारी लामिछाने खोलाको किनारमा मृत अवस्थामा भेटिएकी हुन्। 

शनिबार बिहानदेखि घरबाट हराएकी लामिछानेको शव मोदी गाउँपालिका २ पातीचौर बजार नजिकै तल्लो मोदीखोला जलबिद्युत केन्द्रको बाँधमा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप घिमिरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.