|

ताप्लेजुङ : विद्युत आपूर्ति ठप्प हुँदा मारमा परेका सेवाग्राही ईन्टरनेट सेवासमेत ठप्प हुँदा थप समस्यामा परेका छन्। पाँचथर-ताप्लेजुङ खण्डमा पर्ने विद्युत् लाइनमा खरावी आएकाले शुक्रबार साँझदेखि नै सदरमुकाम फुङलिङवासी अन्धकारमा बस्न बाध्य भएका हुन्।

शनिबार दिउँसोदेखि एडिएसएल र सुविसुको इन्टरनेट सेवासमेत बन्द हुँदा स्थानीय थप मारमा परेका छन्। इलाम क्षेत्रमा अप्टिकल फाइबर ब्रेक भएकाले इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिटकम ताप्लेजुङले जनाएको छ। उक्त क्षेत्रमा विराटनगर या झापाबाट टेक्निसियन आएर मर्मत गर्नु पर्ने भएकाले समय लाग्न सक्ने जनाइएको छ।

यस्तै विद्युत लाइनमा आएको समस्यासमेत समाधान भएको छैन। विद्युत नहुँदा सर्वसाधरण अन्धकारमा बस्न बाध्य भएका छन् भने स्थानीय उद्योग व्यवसायी समेत समस्यामा परेका छन्। विद्युत र इन्टरनेट दुर्इवटै सेवा बन्द हुँदा स्थानीय सञ्चारमाध्ययमलाई समेत सेवा प्रवाहमा कठिन भएको छ। लामो समयदेखि दुईवटै सेवा छोटो समयको अन्तरालमा अवरुद्ध हुँदै आएको भए पनि दिगो समाधान भने हुन नसकेको स्थानीयको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.