|

अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा गत बिहीबार भएको डुंगा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिको मृत्यु भएको छ।

पर्यटक बोकेको यस डुंगा दुर्घटना हुँदा त्यसमा सवार रहेका १७ पर्यटकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

यस दुर्घटनामा यात्रा गरिरहेका व्यक्तिहरूलाई जीवनरक्षक ज्याकेट पनि नदिइएको दुर्घटनामा ज्यान गुमाएकाका आफन्तजनको आरोप रहेको छ।

आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ। बिदा मनाउनका लागि प्रख्यात रहेको यस स्थलमा पर्यटक जल शयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएकाले सो दुर्घटना भएको जनाइएको छ।

'मेरो हृदय निकै भारी भएको छ, यस पर्यटकीय क्षेत्रमा घुम्न आएका हाम्रो परिवारका हामी दुईजना काका र भतिजमात्र बाँचेका छौँ', अस्पतालको बेडबाट कामेको स्वरमा पर्यटक तिया कोलेम्यानले एक सञ्चारमाध्यमलाई बताए।

सो दुर्घटनामा मरेकामध्ये केही बालबालिका रहेका जनाइएको छ। यस दुर्घटनामा घाइते भएका सातजनालाई उद्धार गरी उपचारका लागि भर्ना गरिएको छ।

स्थानीय समयाअनुसार बिहीबार साँझ ६:३० मा भएको सो घटनामा डुंगामा ३१ व्यक्ति सवार रहेका थिए। तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.