|

तनहुँ : विगत २२ दिनदेखि अनशनरत प्रा.डा.गोविन्द केसीको जीवनरक्षा र कम्युनिस्ट अधिनायकवादविरुद्ध दुलेगौडामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। लोकतान्त्रिक युवा समूहको आयोजनामा शनिबार पञ्चमुनि चोकबाट बिपी चोकसम्म भएको विरोध सभामा प्रधानमन्त्रीको पुत्ला डा. केसीको समर्थकहरूले जलाएका हुन्।

जुम्लामा अनशनरत डा.केसीलाई अपहरण शैलीमा काठमाडौं लगिएको र अनशन बसेको अस्पतालका स्वास्थ्यकर्मीहरूलाई समेत हातपात गरेकोमा विरोध जनाउँदै डा.केसीको समर्थकहरूले यहाँ पुत्ला जलाएका हुन्।

डा.केसीको समर्थकहरूले डा.केसीको जीवनरक्षा गर, लोकतान्त्रिक युवा जिन्दावाद, सरकार अब हावामा पनि कर लगा, डा.केसीको साथमा छौँ, सरकारी गुण्डागुर्दी अन्त्य गर, चिकित्सा शिक्षा ऐन पारित गर, माफिया तन्त्र अन्त्य गर, माथेमा प्रतिवेदन लागू गर, माफियाको मिसन, सिटामोलमा कमिसन लगायतका नारासहित बिपी चोकमा पुगेर प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका हुन्। सरकारले आतंक मचाएकोप्रति र माथेमा कार्यदलको सुझाव अनुसार चिकित्सा विधेयक बनाउनका लागि दबाबमूलक प्रर्दशन गरिएको लोकतान्त्रिक युवा समूहले भत्सर्ना समेत गरेको लोकतान्त्रिक युवा समूहका संयोजक सागर लामिछानेले बताए ।

उक्त कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य मिलन आले, तनहुँका युवा नेता सुन्दरमणि अधिकारी लगायतको उपस्थिति रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.