|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताएका छन्।

आदित्य संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ पुस्तकको विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोतविना नै ज्ञान हुनु आफैँमा आश्चर्यजनक भएको बताए।

उनले आदित्यको दार्शनिक श्रृंखला तथा चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने बताउँदै आदित्यलाई आफ्नो ढंगले सोचविचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनुपर्नेमा जोड दिए। 'आदित्यको शारीरिक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ', प्रधानमन्त्री ओलीले भने, 'यसका लागि सरकार सहयोग गर्न तयार छ।'

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक एवं धार्मिकरुपमा समृद्ध नेपाललाई आर्थिकरुपमा पनि समृद्ध बनाउनुपर्ने धारणा राखे।

आदिमकालदेखि नै नेपाल ज्ञानको भण्डार भएको भन्दै अध्यक्ष प्रचण्डले सांस्कृतिक तवरले नेपाल समृद्ध बनाउने विषयमा सबै लागिपर्नु पर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.