अर्थ

दार्चुलामा पहिलोपटक जनता बैंकको पीओएस सेवा
SHARES

साउन ५, २०७५

    दार्चुला : जनता बैंक शाखा दार्चुलाले जिल्ला सदरमुकाम खलंगाका २ ओटा होटेलमा पहिलोपटक पीओएस सेवा सुचारु गरेको छ। अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनता बैंक शाखा दार्चुलाले पहिलो पटक दार्चुलामा पीओएस बैंकिङ सेवा सुरुवात गरेको हो।

    जिल्लामा पहिलोपटक एटिएम सेवा सुचारु गरेको जनता बैंक शाखा दार्चुलाले अहिले ग्राहकहरुलाई समेत सजिलो होस भन्ने उद्देश्यले जिल्लाका दुर्इवटा होटेलमा पीओएस बैंकिङ सेवा सुचारु गरेको जनता बैंक शाखा दार्चुलाका शाखा प्रबन्धक प्रकाश भट्टले जानकारी दिए। जिल्ला सदरमुकाम खलंगामा सञ्चालित शिखर होटेल र सूर्य प्रकाश डिलक्समा पीओएस बैंकिङ सेवा सुचारु गरिएको हो।

    पीओएस बैंकिङ सेवा भन्नाले उक्त होटेलमा भएको खर्च तिर्दा नगद तिर्नुपर्ने झन्झटबाट मुक्त गर्ने सेवा नै पीओएस बैकिंङ सेवा हो। उक्त होटेलमा भएको खर्चको बील तिर्दा नगद नभए पनि एटिएम कार्डबाटै तिर्न सकिने शाखा प्रबन्धक प्रकाश भट्टले बताए। त्यस्तै उक्त मेसिनको माध्यमबाट जुनसुक्कै बैंकको एटिएम कार्डबाट तथा अन्तर्राष्ट्रिय भिजा कार्डबाट समेत बील तिर्न सकिने व्यवस्था रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]