|

त्रिकोणात्मक टि–२० तथा एकदिवसीय अन्तराष्ट्रिय खेलका लागि युरोप टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा शानदार जीत निकालेको छ। इंग्ल्यान्डको स्थानिय क्लब ह्याम्ससायर होग्सविरुद्ध भएको एकदिवसिय खेलमा  कप्तान पारस खड्काको १ सय ६१ रनको सानदार सतकीय पारीको मद्दतमा फराकिलो जित निकाल्यो। साथै बलर ललित राजवंशीलेपनि उत्कृष्ट स्पेलमा बलिङ गरेका थिए।

पारसको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले ३ सय ६३ रनको लक्ष्य प्रस्तुत गर्न सफल भयो। नेपालले दिएको उच्च रनको स्कोर पछ्याएको ह्यामसायर ३७ ओभर १ बलमा १ सय १९ रनमात्र जोड्न सक्यो। घरेलु टोली सस्तैमा समेटिएपछि नेपालले खेल २ सय ४३ रनले जित्न सफल भएको छ। पहिलो ब्याटिङ गरेको नेपालका लागि कप्तान खड्काले  १ सय ६ बलको सामना गर्दै १९ चौका र ७ हक्का प्रहार गरे।

ओपनर ज्ञानेन्द्र मल्ल अझैपनि क्रिजमा संघर्षरत देखिए। उनी ५ रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेलले ११ रन मात्र जोडे। शरद भेषवाकर १४, दिपेन्द्र सिंह ऐरीले ३७, आरिफ शेखले २७, रोहित कुमार पौडेलले ४४, करन केसीले ११, सन्दिप लामिछानेले १६, ललित भण्डारीले १६ र ललितनारायण राजबंशीले २ रनको स्कोर बनाएका थिए।

उसका लागि जोन पोर्टलले सर्वाधिक ४ विकेट लिए। ३ सय ६३ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको ह्याम्ससायर होग्स नेपाली बलरसामु निर्हय रह्यो। उसका लागि ह्यारि फिसरको ३३ रन सर्वाधिक रनका रुपमा रहँदा थप दोहोरो स्कोरका रुपमा पछिल्ला क्रमका अर्चिन नाइट २२ रनमा अविजित रहँदा ओपनर टोम बाउचरले २२ तथा मध्यक्रमका  माइक कभर्सले १८ रनको योगदान दिए।

ह्याम्ससायरले १ सय १९ रन जोड्दा सम्पुर्ण विकेट गुमायाे। नेपालका लागि ललित नारान राजवंशिले १० ओभर बलिङ गर्दे ४ मेडनसहित ५ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिंदा करण केसीले एक विकेट चटकाए। इङ्ल्याण्डको लड्समा हुने त्रिकोणात्मक ट्वान्टी २० सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेटको तयारी स्वरुप नेपालले अझै केहि टि–२० अभ्यास खेल खेल्ने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.