|
File Photo

काठमाडौ : नेपाल भारतबीच व्यक्तिगत सवारीसाधन अवातजावतमा रहेको असमानता हट्ने भएको छ। 

अब नेपालीका लागि व्यक्तिगत सवारीसाधन पनि विनारोकतोक भारत आवतजावत गर्न पाउने भएको खबर नयाँ पत्रिका दैनिकमा खबर छ।  यसअघि निजी सवारीसाधन भारत प्रवेश गर्न भारतीय दूतावासबाट अनुमति लिनुपर्ने र तोकिएको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था थियो। 

तर, भारतीय सवारीसाधन भने नेपाली भन्सार बिन्दुमा निश्चित शुल्क बुझाएर नेपाल प्रवेश गर्दै आएका थिए। दुई देशका अधिकारीबीच नयाँदिल्लीमा शुक्रबार भएको संयुक्त कार्यदलको बैठकले उक्त असमानता हटाउने निर्णय गरेको हो। 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.