|

पर्वत : पर्वतको दक्षिण क्षेत्रमा पर्ने बिहादी गाउँपालिका–२ बर्राचौरमा पिउने पानीको समस्य भएको छ। सड स्तरोन्नति गर्ने क्रममा खानेपनीको पाइप फुट्दा बर्राचौरको ९६ घरधुरी गत असार २४ देखि पिउने पानीबाट बन्चित भएका छन्।

टाडपानी खानेपानी योजनाको पाइपलाइन बिछ्याइएको ठाउँमा सडक स्तरोन्नति गर्ने क्रममा ढुंगा खसेर पाइप फुटेकाले वस्तीमा पानीको अभाव भएको हो। पिपलपाट पूर्णगाउँ लुरेङ सडकखण्डमा बाटो खन्ने क्रममा ठूला गाहिरा भने ठाउँमा माथिबाट खसेको ढंगले लागेर जिआई पाइप र प्लास्टिक पाइप फुटेपछि खानेपानी पूर्ण रुपमा बन्द भएको छ।

२०५७ देखि निरन्तर सञ्चालनमा रहेको खानेपानी योजनामा पहिलो पटक पानीको आपूर्ति नै बन्द हुने गरी समस्या आएको टाडपानी खानेपानी योजनाका अध्यक्ष खडानन्द पौडेलले बताए। वडाध्यक्ष ओम कुँवरले बाटो खन्ने काम भइरहेको अवस्थामा पानीको आपूर्ति हुने अवस्था नरहेकाले सडकको स्तरोन्नतिको काम सकिएपछि मात्रै पानी वितरण गर्न सकिने जानकारी बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.