अर्थ

बीमा समितिले लघु बीमा कार्यक्रममा जोड दिने
SHARES

साउन ६, २०७५

    काठमाडौै : बीमा समितिले लघु बीमा कार्यक्रमको प्रचार अभियानलाई जोड दिने घोषणा गरेको छ।

    बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले आगामी एक वर्ष लघु बीमा कार्यक्रमको प्रचार अभियानलाई जोड दिने नीति लिइएको जानकारी दिए।

    उनले बीमक संघ र वित्तिय संस्थाहरुसँग सहकार्य गरेर लघु बीमा कार्यक्रमलाई व्यापक बनाउने कार्ययोजना पनि अघि सारे। आईतबार बीमा समितिले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष चापागाँईले बीमा क्षेत्रको संस्थागत सुशासनका लागि २२ जना कर्मचारी थप गर्नु परेको पनि स्पष्ट पारे।

    बीमा समितिले यही श्रावण १ गतेदेखि १७ जना अधिकृतसहित २२ जना कर्मचारी थप गरेको छ। अध्यक्ष चापागाँईले थप गरिएका सबै कर्मचारी बीमा समितिको संस्थागत सुशासन कायम गर्न पारिचालिन गरिने पनि बताए।

    अध्यक्ष चापागाँईले प्रमाण पत्र नियमावली अनुसार बीमा प्रशिक्षण कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुन पनि बीमा कम्पनीहरुलाई सचेत गराए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]