|

ब्राजिलका युवा स्टार नेमार यो पटक ब्राजिलले विश्वकप जित्नेमा ढुक्क जस्तै थिए। त्यहि भएर बेल्जियमसँगको पराजयपछि उनी अझैपनि आफ्नो नियमित दिनचर्यामा फर्किन सकिरहेका छैनन्। नेमारले भने, ‘म अझै पीडाबाट पूर्ण रुपमा बाहिर आइसकेको छैन। तर विस्तारै आफूलाई खेलमा फर्काउँदै छु। पुरानै अवस्थामा आउन अझै केही समय लाग्न सक्छ।’

रसिया विश्वकपको २१ औं संस्करणमा क्वाटरफाइनल खेलमा बेल्जियमसँग पराजित भएपछि नेमार विक्षिप्त जस्तै बनेका छन्। उनले त्यसपछि फुटबल हेर्न नसकेको बताएका छन् भने उनले आफूलाई नियमित जीवनमा फर्कन गाह्रो भइरहेको प्रतिक्रिया दिएका छन्। पाँच पटकको च्याम्पियन ब्राजिल रुस विश्वकपमा बेल्जियमसँग २-१ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो। 

नेयमारले बेल्जियमसँगको हारपछि आफू निकै दुखी रहेको समेत बताए। उनले भने, ‘म निकै शोकमा थिए। अझै पनि मलाई त्यो दिनले झस्काइरहेको छ। लामो समय उदासीनतामा गुज्रिरहेँ। अझै पनि मलाई उक्त खेलले झस्काउँछ। तर म मेरा छोरा, परिवार र साथीहरूको मायाले गर्दा पुन पुरानै अवस्थामा फर्कन कोसिस गरिरहेको छु।’ यस्तै नेयमारले विश्वकपमा आलोचना गरिएजस्तो आफूले नौटंकी नगरेको पनि बताए। उनले खेलाडीलाई रेफ्रीले बचाउनु पर्नेमा जोड दिए। ‘म विश्वकप खेल्न आएको थिए। उनीहरूले मेराविरुद्ध कुस्ती खेलाडीको जस्तै व्यवहार गरे। मविरुद्ध गरिएको आलोचना अतिरन्जित थियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.