|

काठमाडौं : उपत्यकाका विभिन्न ठाउँमा चोरी गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङका प्रशान्त अधिकारी र गोरखाका सुदीप गुरुङ रहेका छन्।

उनीहरूले मान्छे घरमा नभएको मौकापारी घरको ढोका फोडी गरगहना, नगदलगायतको सामान चोरी गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

उनीहरूले शनिबार काठमाडौं कुमारीस्थानको एक घरबाट चोरी गरेका विभिन्न सुनका गरगहना, मोबाइल र १५ हजार नगद चोरेर भाग्दै गर्दा महानगरीय प्रहरी वृत्त बालाजुबाट ‍खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रवत्ता थापाले जानकारी दिए। उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको थापाको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.