|

गोरखा : जिल्लाको भीमसेन थापा गाउँपालिका-८ स्थित जागेश्वर माध्यामिक विद्यालयमा विगत १५ दिनदेखि छात्रा एक्कासी बेहोस हुन थालेका छन्। कक्षामा पढिरहेका छात्रा बेहोस भएपछि चिन्ता थपिएको वडा अध्यक्ष बासु थापाले बताए।

‘केही दिनदेखि छात्रा एक्कासी ढल्ने, बेहोस हुने चिच्याउँदै सास फेर्न गाह्रो भयो भन्ने गर्छन’ विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष थापाले भने ‘१५ दिन जति भयो एकजना विद्यार्थी ढलेपछि अर्का पनि ढलिहाल्ने भएको छ। पाँच जनाचाहीँ पटकपटक बेहोस हुने र ढल्ने गरेका छन्।’

विद्यालयले विभिन्न मनोपरामर्शदाता, चिकित्सकहरू ल्याएर समस्या समाधान गर्ने प्रयास गरेको उनले बताए। ‘के रोग हो भन्ने नै थाहा भएन’ उनले भने ‘केहीलाई ठीक हुन्छ फेरि अरूमा देखिन्छ, केहीलाई दोहोरिन्छ।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.