|

पर्वत : चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि आमरण अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको पक्षमा काठमाडौंमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा सरकारले दमन गरेको भन्दै नेपाल तरुण दल पर्वतले जिल्ला प्रशासन कार्यालयमा नारावाजी गरेको छ।

तरुण दल केन्द्रीय समितिको निर्देशनमा देशका ७७ वटै जिल्लामा जस्तै पर्वतमा पनि सरकार र प्रहरी दमनको विरोध गरिएको नेपाल तरुण दल पर्वतका अध्यक्ष राज मल्ल ठकुरीले जानकारी दिए। नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयबाट सयौँको संख्यामा निस्किएका तरुण दल तथा कांग्रेसमा आस्था राख्नेहरूले बजारका विभिन्न भागको परिक्रममा गर्दै जिल्ला प्रशासनको गेटमा पुगेर सरकारको विरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनमा सहभागी भएकाहरूले डा. गोविन्द केसीका माग सम्बोधन गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्नेलगायत ओली सरकारका विपक्षमा नाराबाजी गरेका थिए।

प्रदर्शनपछि भएको कोणसभालार्इ सम्बोधन गर्दै तरुण दल पर्वतका अध्यक्ष ठकुरीले सरकारले गरेको हर्कतका कारण बाध्य भएर प्रदर्शन गर्नुपरेको बताए। वर्तमान सरकारले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेको भन्दै उनले सरकारको भर्त्सना पनि गरेका थिए। कालो इतिहास बोकेको सरकारले चुनाव जित्नकै लागि जनतामा भ्रम छरेको उनको आरोप छ।

प्रदर्शनमा नेपाली कांग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुषाल, महाधिवेसन प्रतिनिधिहरू, महासमिति सदस्यहरू तथा कांग्रेसका विभिन्न भ्रातृ संगठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.