|

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा लगाइएको सबै सिन्डीकेट खारेज गरिएको दावी गरेका छन्।

मन्त्री महासेठले यही श्रावण १ गतेबाट यातायातका संघ, संस्थाहरुको नविकरणको काम समेत बन्द गरिएको पनि स्पष्ट पारे। सरकारले गत बैशाख २३ गतेबाट यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट खारेज गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गराउने क्रममा यही श्रावण १ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत यातायात समितिहरुको नविकरणको काममा समेत सरकारले बन्देज लगाएको मन्त्री महासेठको स्पष्टिकरण छ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सबै बस व्यवसायीहरु कम्पनी ऐन अन्तरगत आउने काम सुरु भएको पनि जानकारी दिए।  सरकारले सबै यातायात व्यवसायीलाई कम्पनी ऐन अनुसार दर्ता प्रक्रिया अघि बढाउन पनि सचेत गराउँदै आएको छ । मन्त्री महासेठले मेलम्ची खानेपानीको व्यवस्थापनका कारण काठमाडौंको सडक अस्तव्यस्त भएको पनि स्मरण गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.