|

नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा पुष्पलाल श्रेष्ठ बितेको आज ४० वर्ष पूरा भएछ। वि.सं. २०३५ साउन ७ मा उनले यस संसारबाट बिदा लिए। नेपालमा पुष्पलालको स्मृति दिवस विभिन्न कार्यक्रम गरेर नेपालका कम्युनिस्ट पार्टीका विभिन्न समूहहरूले बेग्लाबेग्लै किसिमले मनाउँदै आएका छन्।

पुष्पलालकै नीतिअनुसार शान्तिपूर्ण जनसंघर्षबाट ०४६ सालमा निरंकुश राजतन्त्र संवैधानिक भयो र बहुदलीय प्रजातान्त्रिक व्यवस्था आयो। उनकै नीतिअनुसार सबै लोकतान्त्रिक तथा कम्युनिस्ट दलहरू मिलेर निरंकुशतालाई सदाका लागि परास्त गरेर गणतान्त्रिक व्यवस्था स्थगापना गर्न सकिन्छ भन्ने नीतिअनुसार नै २०६२/०६३ को बृहत् संयुक्त तथा विशाल सशक्त संघर्षले २४० वर्षदेखिको शाह शासनको अन्त्य भएर लोकतान्त्रिक गणतन्त्र स्थापना भयो।

लोकतान्त्रिक गणतन्त्रपश्चात् जननिर्वाचित संविधानसभाले समाजवाद उन्मुख संविधान पनि निर्माण गर्‍यो। आज पुष्पलालले स्थापना गरेको एउटा कम्युनिस्ट पार्टी झन्डै दुई तिहाई मतसहित संसदमा रहेको छ र सरकार संचालन गरिरहेको छ। अर्कातिर पुष्पलालले स्थापना गरेको नेकपाका अन्य समूहहरू नेकपा माओवादी क्रान्तिकारी (वैद्य), नेकपा (चन्द), नेकपा मसाल (मोहनविक्रम), नेकपा (ऋषि र लोकनारायण), नेकपा मार्क्सवादीका फ्र्याक्सनहरू, नेमकिपालगायत दलहरू सशक्त प्रतिपक्षका रूपमा सडक आन्दोलनमा छन्। 

२०४६ पछि नेपाल कम्युनिस्ट पार्टीका विभिन्न समूह पटक पटक सत्तामा पुगे तर कम्युनिस्ट पार्टीको घोषणापत्रअनुसार त काम गरेनन् गरेनन्, बुर्जुवाहरूले जनतालाई दिएका निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था पनि गरेनन्। हाल झन्डै दुई तिहाई बहुमत भएको नेकपाको सरकार पनि कथित निजी शिक्षा र निजी अस्पताल (स्वास्थ्य शिक्षा)को पक्षमा लागिपरेको छ। यो त विडम्बना नै हो।

संसदमा नेपाली कांग्रेस पनि छ। के नेकपाको २००६ सालमा पुष्पलालले कल्पना गरेको जनवादी वा समाजवादी समाज सिर्जना गर्न यी सत्तारुढ वा विपक्षका नेकपाका समूहहरू लागिपरेका छन् त? पुष्पलालले दीर्घकालीन कृषि क्रान्ति गर्ने अर्थात् कम्युनिस्ट पार्टी सत्तामा पुगेपछि सबैभन्दा बढी बजेट कृषिमा छुट्याउने र कृषि उत्पादन तथा विकासमा चाक्लाबन्दी सहकारी खेतीद्वारा आधुनिकीकरण गर्दै खाद्य सुरक्षा गर्ने, त्यसपछि ऊर्जा र सिँचाइमा बजेट राख्ने, तेस्रोमा शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन गरेर शिक्षा र स्वास्थ्य आमजनतालाई निःशुल्क प्रदान गर्ने, आमजनताको बास र रोजगार सिर्जना गर्ने लक्ष राख्नुभएको थियो।

२०४६ पछि नेपाल कम्युनिस्ट पार्टीका विभिन्न समूह पटक पटक सत्तामा पुगे तर कम्युनिस्ट पार्टीको घोषणापत्रअनुसार त काम गरेनन्, बुर्जुवाहरूले जनतालाई दिएका निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था पनि गरेनन्। हाल झन्डै दुई तिहाई बहुमत भएको नेकपाको सरकार पनि कथित निजी शिक्षा र निजी अस्पताल (स्वास्थ्य शिक्षा)को पक्षमा लागिपरेको छ। यो त विडम्बना नै हो। आज एक गरिब नेपाली उपचार नपाएर मरिरहेको छ। तराईको मुसहर, मुगुको शेर्पा वा खस वा सबै जात, धर्म र तल्लो वर्गका जनता आधारभूत शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासबाट बंचित छन्। तिनलाई यी सबै कुराको व्यवस्थापन गर्न सत्तामा रहेको नेकपाको समूह लागिपरेको छैन। उही यथास्थितिवादी पंचायती आर्थिक नीति लिएर मात्र विलासितामा रमाइरहेको छ।

कृषिमा जम्मा ३२ अर्ब, स्वास्थ्यमा ५६ अर्ब र शिक्षामा ८६ अर्ब बजेट छुट्याएको छ यो सरकारले, जुन कर्मचारी तलबमा मात्र त्यो जान्छ। उत्पादनमा र वितरणमा त बजेट नै पुग्दैन। यस्तो यथास्थितिवादी चिन्तनले कसरी पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी वा प्रजातान्त्रिक वीपी कोइराला वा गणेशमान सिंहको सपना पूरा होला? निश्चय नै हुँदैन। केपी ओली आमूल परिवर्तनका लागि झापा संघर्षमा लाग्नुभयो। पुष्पकमल दाहालले १० वर्ष सशस्त्र युद्ध नै गर्नुभयो। के तपाईंहरूले यही यथास्थितिवादी शोषणकारी आर्थिक नीति कायम गरेर मन्त्री वा प्रधानमन्त्री हुन मात्र संघर्ष गर्नुभएको हो? पुष्पलाल तथा मदन भण्डारीलगायत देशभक्त प्रगतिशील, लोकतान्त्रिक नेताहरू तथा श्रद्धेय शहीदहरूको सपनाबमोजिम शोषणरहित समृद्ध नेपाल र नेपाली समाज सिर्जना गर्न लाग्नुभएको हो? सत्तामा भएका दुई प्रमुख नेतालाई प्रश्न।

सत्ताबाहिर रहेका कामरेडहरू मोहनविक्रम सिंह, मोहन वैद्य, नेत्रविक्रम चन्दलाई प्रतिप्रश्न गर्दै पुष्पलालले चनाको सातु दुई चम्चा हालेर पानीमा घोलेर खाएर दरभंगा, वनारस र कलकत्ताका रेलवे प्लेटफर्ममा बसेर लेखेको नेकपाको घोषणापत्र र नयाँ जनवादी कार्यक्रमलाई वयवाहारतः नेकपाका विभिन्न समूहले मानून् र पुष्पलालको जस्तो सादा जीवन उच्च विचारको जीवनशैली तमाम नेकपाका विभिन्न समूहका नेता, कार्यकर्ता फर्किऊन्। हालको विलासी शैली पुष्पलालको यही स्मृति दिवसबाटै त्यागौँ। जनपक्षीय शैली अपनाऔँ, धनको लोभ गर्ने व्यक्ति कम्युनिस्ट पार्टीको कार्यकर्ता हुन सक्दैन भन्ने मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको भनाइ र पुष्पलालको सोचाइमा फर्कौं। हार्दिक श्रद्धाञ्जली पुष्पलालप्रति।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.