|
फाइल फोटो

रौतहट : रौतहटको बागमती नदीमा पौडी खेल्न गएका दुर्इजना युवा बेपत्ता भएका छन्। सर्लाही जिल्ला  लालबन्दी नगरपालिका- १७ निवासी २२ वर्षीय संजय बस्नेत र सोही गाउँका २२ वर्षीय राजेश भोलन बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोएरालाले जानकारी  दिए।

उनीहरूको खोजी कार्य जारी रहेको उनले जानकारी  दिए । ती युवा पर्यटकीयस्थल नुनथरमा गर्मी छल्न बागमती नदीमा पौडी खेल्न गएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.