|

डडेल्धुरा : वर्षायाम लागेसँगै प्रदेश ७ को एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बिरामीको चाप बढ्दै गएको छ। मौसम परिवर्तनसँगै अस्पतालमा झाडापखाला, आउँमासी, जन्डिसलगायतका बिरामीहरूको चाप बढेको हो।

अस्पतालमा अहिले दैनिक २०० भन्दा बढी बिरामी आउने गरेको मेडिकल सुपरिन्टेन्डेन्ट डा.जितेन्द्र कँडेलले बताए। अहिलेको समयमा प्रायः बढी जसो झाडापखाला, आउँमासी, जन्डिसलगायतका बिरामीहरू अस्पातालमा आउने गरेको उनको भनाइ छ।

उक्त अस्पतालमा प्रदेश-७ का सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, डोटी, र बझाङलगायतका बिरामी उचार गराउन आउने गरेका उनले बताए। यहाँका नागरिकले बर्खाको बेला मूलको पानी प्रयोग गर्ने भएकाले बिरामीहरू बढेको उनको भनाइ छ।

उपक्षेत्रीय अस्पतालमा आउने बढीजसो बिरामीहरूमा महिला, बालबालिका तथा वृद्धवृद्धा रहेका छन्। खानपान, सरसफाई लगायतका कुरामा ध्यान दिनाले यस्ता रोगबाट बच्न सकिने डाक्टर कँडेलले बताए। उनले कुनै पनि व्यक्तिले पनि यो मौसममा बजार राखेको बासी खानेकुरा नखान नहुने बताए।

वर्षायामको समयमा पिउने पानीमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ। उनले बर्खाको समयमा पानी पिउँदा उमालेर मात्रै पिउन पर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.