|

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रबाट साइकल चोरी गरेर भागेका चोरलाई प्रहरीले सिसिटिभी क्यामेराको सहायताले आइतबार पक्राउ गरेको छ। नगरपालिकाको हल्दुखालका बिनोद कुमार बोहराको साइकल महेन्द्रनगर बजारबाट चोरी भएको थियो।

साइकल चोरी भएपछि बोहराले प्रहरीमा खोजतालासका लागि प्रहरीमा निवेदन दिएको एक घण्टामै प्रहरीले चोरलाई पक्राउ गरेको हो। साइकल चोरी भएको स्थानको सिसिटिभीको सहायताले भीमदत्तनगरपालीका १८ बागवाणीका १६ वर्षीय सन्तोष अखेडालाई साइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएपछि अपराधिक क्रियाकलाप रोक्न सघाउ पुगेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.