|

काठमाडौं : चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनरत वरिष्ठ डा गोविन्द केसीलार्इ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेटेर स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन्।

अनशनस्थल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेता श्रेष्ठले डा केसीको स्वास्थ्यावस्था बारे जानकारी लिएका हुन्। साथै उनले डा केसीलार्इ स्वास्थ्य परीक्षण तथा उपचार गराउनसमेत अनुरोध गरेका छन्। ‘पहिला तपाईं स्वास्थ्य परीक्षण गराउनुहोस्। त्यसपछि मागका विषयमा गम्भीर छलफल गरौँला' नेता श्रेष्ठले भने।

करिव पाँच मिनेटको भेट्मा डा केसीले उनको कुरामात्रै सुने तर प्रतिक्रिया भने दिएन्। आफूलार्इ अपहरणको शैलीमा काठमाडौं ल्याएको र जुम्ला अस्पतालमा बल प्रयोग गरेको भन्दै उनले आफ्नो स्वास्थ्य परीक्षण गराउन मानेका छैनन्।

डा केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २३ दिनदेखि आमरण अनशनमा बसेका छन्। जुम्ला पगेर अनशन सुरू गरेका डा केसीको यो १५औँ अमरण अनशन हो। उनलार्इ सरकारले बिहीबार जुम्लाबाट बल प्रयोग गरेर काडमाडौं ल्याएपछि उनले रगत मुटुको चाल लगायतका स्वास्थ्य परीक्षण तथा उपचार गर्न इन्कार गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.