|

काठमाडौं : मूल्य अभिवृद्धि करका कारण इन्टरनेटको शुल्क महंगिएको एक साता नबित्दै सरकारले विदेशी च्यानलको अनुमति शुल्क पनि बढाएको छ।

विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकलाई थप भार पर्ने भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसूची हेरफेर गरेर राजपत्रमा सूचना प्रकाशन गरेको हो।

प्रकाशित नियमावलीअनुसार सरकारले टेलिभिजन डाउनलिंकका लागि यसअघि लिँदै आएको शुल्कमा वृद्धि गरेको हो। डाउनलिंक भन्नाले विदेशी च्यानल नेपालमा प्रसारणका लागि स्वीकृति लिने प्रक्रिया हो। यो प्रक्रियाका लागि यसअघि ५० हजार रुपैयाँ तिर्नुपथ्र्यो,। अहिले बढाएर सात लाख रुपैयाँसम्म पुर्‍याइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.