|

संखुवासभा : भोटखोला गाँउपालिकाको कामकाजका सदरमुकाम खाँदबारीबाटै सञ्चालन भइरहेको पाइएको छ। गाउँपालिका कार्यालयको काम खाँदबारीस्थित सम्पर्क कार्यालय सञ्चालन हुँदै आएको छ।

सम्पर्क कार्यालयमा गाँउपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कम्युटर अपरेटरका लागि टेबल कुर्सी राखिएका छन्। प्रमुख प्रशासकीय अधिकृत मोहनसिं दर्जी सोही कार्यालयमा भेटिए। उनलाई यसबारे सोधपुछ गर्दा कुनै प्रतिक्रिया दिन मानेनन्।

उक्त कार्यालयबाट गाउँपालिकादेखि वडासम्मका काम हुँदै आएको छ। सदरमुकामबाटै कार्यालयको काम हुने गरेकाले गाउँपालिका र वडा कार्यालय शून्य झै हुने गरेको स्थानीयको गुनासो छ। गाउँपालिकाका प्रमुख एक दुई महिनामा एक पटक मात्र गाँउपालिका कार्यालय आउने गरेको स्थानीय चेपुवाकी सिचुङ भोटेले गुनासो गरिन्। उनले भनिन्, ‘सेवा लिन तीन दिन पैदल धाएर सदरमुकाम आउनु पर्छ।’

भोटखोला जिल्लाको दुर्गम गाउँपालिका हो। यस क्षेत्रमा यातायात मात्र होइन सञ्चारको सेवा समेत छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.