|

भद्रपुर, (झापा) : झापाको काकँडभिट्टाबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ निवासी २३ वर्षीय केशरमान राई र दमक नगरपालिका ९ निवासी २० वर्षीय रुपा पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ स्थित बसपार्क क्षेत्रबाट १५ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई आइतबार बेलुका पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.