|

बाँके : बाँके राष्ट्रिय निकुञ्जमा एक वर्षमा ८४ जंगली जनावर मारिएका छन्। तीमध्ये सबैभन्दा बढी सवारी साधनको ठक्करबाट मरेका छन्।

गत आर्थिक वर्षमा सवारी साधनकाृ ठक्करबाट ७० जंगली जनावर मरेको निकुञ्ज कार्यालयको तथ्यांकमा छ। यस्तै, कालगति र सिक्टा सिँचाई आयोजनाको नहरमा परेर तीन–तीन, विष सेवनबाट एक र कुकुरको टोकाइबाट ७ जंगली जनावर मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिए।

चौधरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर–अमिलिया सडकखण्डमा पर्ने बाँके राष्ट्रिय निकुञ्जमा सवारी साधनले जंगली जनावरलाई ठक्कर दिने गरेको छ। संरक्षण अधिकृत चौधरी भने, ‘सडक वारपार गर्ने क्रममा जंगली जनावरलाई सवारी साधनले ठक्कर दिँदा धेरै मर्ने गरेका छन्।’ गत आर्थिक वर्ष ३६ जंगली जनावरको उद्धार गरिएको छ।

जंगली जनावरको चोरी सिकारी गर्ने र ठक्कर दिने सवारी साधनलाई निकुञ्जले कारवाही गर्दै आएको छ। एक वर्षको अवधिमा ७१२ जनालाई कारवाही गरिएको कार्यालय जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.