|

चितवनः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्राडा गोविन्द केसीले उठाउँदै आएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन्।

चितवनका पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले केसीको मागप्रति सुनुवाइ नगर्दा  जीवनरक्षाको नै प्रश्न खडा भएको भन्दै केसीले  उठाएका माग जायज छन् भन्दै सिटौलाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले उनको मागलाई सम्बोधन गरेर नै अध्यादेश  जारी गरेको समेत बताए। उनले भने, 'अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो,यस कारण समस्या भएको हो।'

उनले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.