दुर्घटनापछि टिपरमा आगजनी

|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा दिउँसो करिब १२ बजे टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका–७ का ५७ वर्षीय जित बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। बनेपाबाट धुलिखेलतर्फ गईरहेको बा२क ३९३४ नम्बरको टिपरले सोही दिशातर्फ गईरहेको बा८३प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

घटना घटेलगतै आक्रोशित भिडले टिपरमा आगो लगाएको र टिपर पूर्ण रुपमा जल्नुका साथै भिडले चारदोबाटो चोकमा रहेको प्रहरी बिटमा समेत क्षति पुर्‍याएका छन्। प्रहरीले दमकलको सहायताले टिपरमा लागेको आगो निभाएको थियो।

प्रहरीका अनुसार टिपर र चालक नुवाकोट विदुर नगरपालिका–१ बस्ने वर्ष २९ का सुधन श्रेष्ठ तथा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.